दिल्लीको लालकिल्लामा वि*स्फोटः १० जनाको मृ*त्यु, २४ घाइते
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २४ गते ०३:३०
काठमाडौं । भारतको नयाँदिल्लीस्थित लालकिल्लामा विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । मेट्रो स्टेशननजिक रोकिराखेको एक कारभित्र विस्फोट भएको हो। विस्फोटलाई आतंकवादी आक्रमणको आशंका गरिएको छ। तर, अहिलेसम्म विस्फोटको कसैले जिम्मेवारी लिएको छैन।
कारमा भयानक विस्फोटपछि आसपास रहेका अन्य केही गाडीमा आगो लागेको छ। घटनापछि सुरक्षाकर्मीले घटनास्थललाई सिल गर्दै अनुसन्धान अगाडि बढाएका छन्। प्रहरीले एक संदिग्धलाई पक्राउ गरेको बताइएको छ । प्रहरी दिल्लीसहित अन्य शहरमा पनि सतर्कता बढाएको छ।
Facebook Comments