बिहारमा आज दोस्रो चरणको विधानसभा चुनाव, नेपालसँग जोडिएका नाका बन्द
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २५ गते १९:२०
काठमाडौं । भारतको बिहारमा विधानसभा चुनावअन्तर्गत आज दोस्रो तथा अन्तिम चरणको मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने भारतीय सञ्चारमाध्यमले जनाएको छ । ३ करोड ७० लाखभन्दा बढी मतदाता मतदानमा सहभागी हुने अपेक्षा गरिएको छ।
आजको मतदान बिहार राज्यका २४३ विधानसभा सिटमध्ये १२२ सिटका लागि हो। बाँकी १२१ सिटका लागि यसअघि नोभेम्बर ६ मा पहिलो चरणको मतदान भइसकेको छ।
नेपाल सीमासँग जोडिएका पश्चिम चम्पारण, पूर्वी चम्पारण, सीतामढी, मधुबनी, सुपौल, अररिया र किशनगंज लगायतका जिल्लामा मतदान भएकाले नेपालसँग जोडिएका नाकाहरु बन्द गरिएका छन्
Facebook Comments