मिटरब्याज पीडित महिलाको बीभत्स ह*त्या, एक जना पक्राउ

सुन लुटपाटपछि धारिलो हतियार प्रहार

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २५ गते १८:५९
Image of https://mayorsap.com/storage/photos/shares/hatya_1.jpg

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिका–७, नौवाखोरमा ६२ वर्षीया महिलाको बीभत्स हत्या भएको छ । सोमबार साँझ स्थानीय चन्द्रकला देवी दासको अनुहार र टाउकोमा धारिलो हतियारले प्रहार गरिएको अवस्थामा शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी गणेश बमका अनुसार, मृतक दासको शव घरभन्दा करिब ५०० मिटर टाढा खेतमा फेला परेको थियो ।

प्रहरीका अनुसार हत्या गरिएकी महिलाले लगाएका सुनचाँदीका गरगहना समेत लुटेर लगेको पाइएको छ । घटनाको जानकारी राति ९ बजे प्राप्त भए लगत्तै प्रहरीको टोली घटनास्थल पुगेको थियो ।

स्थानीय स्रोत र प्रहरीको प्रारम्भिक आशङ्का अनुसार, मृतक महिला मिटर ब्याज पीडित थिइन् र त्यसकै निहुँमा उनको हत्या भएको हुन सक्छ । घटनाको अनुसन्धान सुरु गरिसकेको धनुषा प्रहरीले हालसम्म एक जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । 

प्रहरीले लुटिएका गरगहना पनि बरामद गरेको भए पनि पक्राउ पर्ने व्यक्तिको पहिचान र गहना कसले लुटेको भन्ने विवरण भने सार्वजनिक गरेको छैन । प्रहरीले घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको र हत्याको कारण तथा संलग्न व्यक्तिहरूलाई छिट्टै सार्वजनिक गरिने जानकारी दिएको छ ।


Facebook Comments