जेन–जी आन्दोलनमा नख्खु कारागारबाट भागेका लामिछाने पक्राउ
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २५ गते २२:५६
काठमाडौं । हाडनाता करणीको कसुरमा २५ वर्ष जेल सजाय सुनाइएका ‘कालीबाबा’ भनिने भरत लामिछाने पक्राउ परेका छन् ।
उनी भदौ २४ गते जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका थिए । लामिछानेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाटै नियन्त्रणमा लिएको हो ।
काठमाडौं जिल्ला अदालतले उनलाई हाडनाता करणीमा २५ वर्ष कैद र १ लाख जरिवानाको फैसला सुनाएको थियो, जसलाई उच्च अदालत पाटनले सदर गरेको थियो ।
प्रहरीका अनुसार, उनको अझै १४ वर्ष कैद सजाय भुक्तान गर्न बाँकी छ । पक्राउ परेका लामिछानेलाई थप कारबाहीका लागि नख्खु कारागार नै पठाइएको प्रहरीले जनाएको छ ।
Facebook Comments