राष्ट्रपतिसमक्ष मधेस प्रदेश प्रमुख कर्णले लिए शपथ

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २५ गते ०४:५६
Image of https://mayorsap.com/storage/photos/shares/madhesh-5_1.JPG

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मधेस प्रदेशका प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले कर्णलाई शपथ ग्रहण गराएका हुन् ।

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी सहभागी थिए ।
       
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेस प्रदेश प्रमुखमा धनुषाका सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।


Facebook Comments