स्रोत नखुलेको १५ लाख रुपैयाँसहित ४ जना पक्राउ
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २५ गते ०७:४०
सिन्धुली । हरिहरपुरगढी गाउँपालिका–२ झनझने चेकपोष्टबाट प्रहरीले स्रोत नखुलेको १५ लाख रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी झनझनेबाट खटिएको प्रहरीले चेकपोष्ट अगाडि मदनभण्डारी राजमार्गबाट चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कार चालक काठमाडौं बस्ने ३१ वर्षीय आदिल हमिद, काठमाडौं नै बस्ने २१ वर्षीय आमी अमिद, रौतहट घर भएका ७३ वर्षी चन्द्रमान योञ्जन र एक जना ३२ वर्षीय चाइनिज नागरिक रहेको प्रहरीले जनाएको छ ।
सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१–०३१ च ५८०४ नम्बरको कार चेकजाँच गर्दा कारको पछाडि राखिएको टायरभित्र लुकाएर राखेको अवस्थामा १५ लाख रुपैयाँ भेटिएको थियाे।
उनीहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कपिलाकोटबाट जिल्ला प्रहरी कार्यालय सिन्धुली लगिएको छ ।
Facebook Comments