सोनापुर मिनरलले तिर्‍यो बिजुलीको बक्यौता, काटिएको लाइन जोडियो

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २६ गते २१:५२
Image of https://mayorsap.com/storage/photos/shares/transmission-line.jpg

काठमाडौं । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयालले उपभोग गरेको बिजुलीको बक्यौता बुझाएको छ । मङ्गलबार उक्त उद्योगले पहिलो किस्ताबापत रु ८६ लाख ३० हजार बुझाएपछि काटिएको लाइनबाट सोही दिनदेखि विद्युत् आपूर्ति गरिएको छ । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त उद्योगको रु २४ करोड २९ लाख ९९ हजार बक्यौता रहेकामा हिजो उक्त रकम दाखिला गरेको हो । उक्त उद्योगको बक्यौतालाई २८ किस्तामा विभाजन गरिएको छ ।  


Facebook Comments