प्रतिनिधिसभा र राष्ट्रियसभाका निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

दल दर्ताका लागि समयसीमा

User Image मेयरसाप डेस्क | २०८२ कार्तिक २८ गते ०५:५७
Image of https://mayorsap.com/storage/photos/shares/nirwachan-aayog.jpg

काठमाडौं । आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दलहरूलाई निर्वाचन आयोगले दल दर्ताका लागि औपचारिक आह्वान गरेको छ ।

आयोगले राष्ट्रियसभाको निर्वाचनका लागि मंसिर १ गतेदेखि ७ गतेसम्म र प्रतिनिधिसभाको निर्वाचनका लागि मंसिर १ गतेदेखि १० गतेसम्म दल दर्ताको समय तोकेको छ ।

आउँदो फागुन २० गतेदेखि रिक्त हुने एक तिहाइ सदस्यका लागि माघ ११ गते निर्वाचनको मिति तोकिएको छ । प्रतिनिधिसभा सदस्यका लागि भने फागुन २१ गते चुनाव हुनेछ ।

निर्वाचनमा भाग लिन चाहने दलहरूले दल दर्ताको निवेदनसहित केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, वार्षिक लेखा परीक्षण प्रतिवेदन, र अन्य आवश्यक कागजात आयोगमा पेस गर्नुपर्नेछ ।

प्रतिनिधिसभा निर्वाचनमा दुई वा दुईभन्दा बढी दल एकै चुनाव चिह्न लिएर भाग लिन चाहेमा त्यससम्बन्धी जानकारी पनि सोही दल दर्ता निवेदनसँगै बुझाउनुपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ ।


Facebook Comments