खानेपानी संस्थाको चुनावमा कांग्रेस–एमाले गठबन्धनलाई हराउँदै रास्वपाको प्यानलै विजयी
मेयरसाप डेस्क
|
२०८२ कार्तिक २९ गते १८:३८
रुपन्देही। बुटवलको मोतिपुर–सेमलार खानेपानी संस्थाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्यानलनै विजयी भएको छ । शुक्रबार राति सम्पन्न चुनावी परिणाम अनुसार नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त गठबन्धनलाई पराजित गर्दै रास्वपाको प्यानलै विजयी भएको हो ।
१४ सदस्यीय कार्यसमितिमा उपााध्यक्ष, सहसचिव र एक सदस्यबाहेक सबै पद रास्वपाले जितेको छ । अध्यक्षमा रास्वपाका कृष्ण थापाले ८८ मत पाएर निर्वाचित हुँदा गठबन्धनबाट नेपाली कांग्रेसका नरबहादुर मल्ल ७५ मत पाएर पराजित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता जोखबहादुर खत्रीले जानकारी दिए।
वरिष्ठ उपाध्यक्षमा गंगाबहादुर पौडेल, उपाध्यक्षमा शंकर पौडेल, सचिवमा मधुप्रसाद घिमिरे, कोषाध्यक्षमा छत्रबहादुर खत्री र सहसचिवमा पृथबहादुर थापा निर्वाचित भएका छन् । यस्तै महिला सदस्यहरुमा राधा कार्की खांण र सीता बस्नेत, अन्य सदस्यहरुमा राजकुमार गौतम र हरिप्रसाद खनाल विजयी भए भने लिलाधर दंगोरिया थारु गोलाप्रथाबाट निर्वाचित भएको खत्रीले जानकारी दिए ।
यस्तै आन्तरिक लेखा समिति संयोजकमा विष्णुप्रसाद पाण्डे तथा सदस्यमा लक्ष्मण सेन निर्वाचित भए भने महिला सदस्यमा सरस्वती बुढा गोलाप्रथाबाट निर्वाचित भएको निर्वाचन समिति संयोजक खत्रीले बताए ।
Facebook Comments