हेटौँडा बसपार्क क्षेत्रमा एक पुरुष मृ*त अवस्थामा फेला

User Image दिक्षान्स खड्का | २०८२ कार्तिक ३० गते ०६:२३
Image of https://mayorsap.com/storage/photos/shares/death-body-900px_1.jpg

मकवानपुर । बागमती प्रदेशको मकवानपुर जिल्लास्थित हेटौँडा उपमहानगरपालिका–१०, बसपार्क क्षेत्रमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

आज बिहान करिब ८ः४५ बजे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै मागी–खाई हिँड्ने जस्तो देखिने ३०–३५ वर्ष उमेरका अज्ञात पुरुष मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सुवास चन्द्र बोहराले घटनाको जानकारी पाउने बित्तिकै प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित गरी प्रारम्भिक अनुसन्धान थालिएको बताए ।

एसपी बोहराले मृतकको पहिचान र मृत्युको कारणबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिँदै भने, “पहिचान र मृत्युको कारण खुलाउने कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।”

प्रहरीले मृतकको परिचय खुल्न नसकेको हुँदा पहिचान गर्नका लागि सर्वसाधारणलाई आवश्यक सूचना उपलब्ध गराउन आग्रह गरेको छ ।


Facebook Comments