दुर्गा प्रसाईं पक्राउ परेसँगै उपत्यकामा प्रहरीको उच्च सुरक्षा सतर्कता
मेयरसाप डेस्क
|
२०८२ मंसिर २ गते १८:४४
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । सोमबार राति भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार प्रसाईलाई जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली ल्याइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा उनलाई मध्यरातमा पक्राउ गरिएको हो ।
यसअघि २०८१ चैत १५ को हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशमा छुटेका थिए । राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा थिए । उनले मंसिर ७ गतेबाट आन्दोलनको तयारी गरेका थिए ।
यसैबीच, प्रसाईंलाई पक्राउ गरेको विरोधमा उनका समर्थकले प्रदर्शन गर्न सक्ने भन्दै प्रहरीले काठमाडौं उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर गरेको छ ।
Facebook Comments