हेटौंडामा खैरो हिरोइनसहित क्षेत्री पक्राउ
मकवानपुर । हेटौंडामा खैरो हिरोइनसहित एकजना पक्राउ परेका छन् । प्रहरीले सोमबार साँझ करिब ८ बजेतिर हेटौंडा उपमहानगरपालिका–१० कर्रा क्षेत्रमा खैरो हिरोइनसहित स्थानीय ३७ वर्षीय हर्कबहादुर क्षेत्रीलाई पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा पैदल हिँडिरहेका क्षेत्रीलाई चेकजाँच गर्दा उनको साथबाट ७ ग्राम ५४० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएको मकवानपुरका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराले जानकारी दिए ।
प्रहरीले क्षेत्रीलाई नियन्त्रणमा लिएपछि थप खोजतलासका क्रममा उनको कोठामा पुग्दा २ थान फलामको रड समेत फेला पारेको जनाएको छ। यी वस्तुहरू कसरी र किन राखिएको भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ। पक्राउ परेका क्षेत्रीमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोहोराले बताए ।
Facebook Comments