कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सर्यो
मेयरसाप डेस्क
|
२०८२ मंसिर ४ गते १८:४४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ । आज बस्ने भनिएको बैठक आगामी मंसिर ६ गते शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी सारिएको हो ।
करिब एक महिनादेखि जारी रहेको यो बैठक महाधिवेशन चुनावअघि गर्ने कि पछि भन्ने विषयमा नेताहरूबीच तीव्र विवाद हुँदा ठोस निर्णयमा पुग्न सकेको छैन । यसअघि मंसिर १ गते बस्ने भनिएको बैठक आजका लागि सारिएको थियो ।
बैठकमा पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थिति रहने जनाइएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनबारे ठोस निर्णय दिनुअघि सभापति शेरबहादुर देउवालाई पर्खेका थिए ।
सभापति देउवा सिंगापुरमा उपचार सकेर नेपाल फर्किसके पनि महाधिवेशनको मितिबारे कांग्रेसले अझै निर्णय गर्न सकेको अवस्था छैन ।
Facebook Comments