रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित

सहकारी ठगी प्रकरण

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ४ गते १९:०६
Image of https://mayorsap.com/storage/photos/shares/rabi-chhabi-1_1.jpg

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगीसम्बन्धी मुद्दाको आजका लागि तोकिएको सुनुवाइ स्थगित भएको छ ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासको ३ नम्बर इजलासमा न्यायाधीश मिलन कुमार राई र सानुमाया डङ्गोलको संयुक्त इजलासमा परेको उक्त मुद्दा रवि लामिछानेको पक्षका कानुन व्यवसायीले दिएको निवेदनका कारण स्थगित भएको हो ।

उच्च अदालत बुटवलका उपरजिस्टार यज्ञ मूर्ति ज्ञवालीले गोला प्रथाबाट इजलास परे पनि निवेदनका आधारमा सुनुवाइ स्थगित भएको जानकारी दिएका छन् ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी सम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो हिस्साको बिगो रकम दाखिला गर्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा गर्न अस्वीकार गरेपछि उनले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।

अदालतले लामिछाने र जोशीको मुद्दा एकैसाथ हेर्न यसअघि नै आदेश दिइसकेको छ ।


Facebook Comments