प्रधानमन्त्री कार्कीले बोलाइन् सुरक्षा परिषद्को बैठक

सिमराको तनावबारे छलफल गरिँदै

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ४ गते १७:४४
Image of https://mayorsap.com/storage/photos/shares/sushila-mkarki.jpg

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा उत्पन्न तनावपूर्ण परिस्थितिबारे छलफल गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छिन् । बैठक बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बस्न लागेको हो ।

यसअघि बुधबार साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो । सिमरामा एमाले नेताहरू जाने कार्यक्रमलाई लिएर बुधबार जेन–जी युवाहरूले विमानस्थलमा तोडफोड गर्ने र सडकमा आगजनी गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

स्थिति नियन्त्रणमा लिन बुधबार र आज पनि सिमरामा कफ्र्यू लगाइएको छ । यसैबीच, शान्ति सुरक्षा मजबुत बनाउन राष्ट्रिय मानव अधिकार आयोगले समेत सरकारको ध्यानाकर्षण गराएको छ ।


Facebook Comments