गोदावरीमा खानेपानी सेवा छिटो सुचारु गर्न मन्त्री यादवको निर्देशन

उनले बाढी पहिरोका कारण गोदावरी नगरपालिका स्थित चापागाउँ क्षेत्रमा अवरुद्ध भएको खानेपानी सेवा आपूर्ति तत्काल सुचारु गर्न कुनै ढिलाइ नगर्नसमेत निर्देशन दिए । उनले भने,'खानेपानी नागरिकको आधारभूत अधिकार हो । संघीय सरकार,स्थानीय सरकार र प्राविधिक निकायबीच समन्वय गर्दै तीन दिनभित्र यहाँको खानेपानी पुनःस्थापना कार्य सुरु गर्नु होला ।'

User Image Mayorsap | १० महिना अगाडि
Image of storage/news/1729074277.jpg

काठमाडौँ 
असोज ३० गते,
खानेपानीमन्त्री प्रदीप यादवले गोदावरी नगरपालिका अन्तर्गत चापागाउँस्थित बाढीले प्रभावित भएको क्षेत्रमा खानेपानी सेवा तत्काल सुचारु गर्न निर्देशन दिएका छन् ।
मंगलबार ललितपुरको नल्लु,बासुकी र देवकी मुहान क्षेत्रमा बाढीका कारण भएको खानेपानी मुहानको क्षतिको जानकारी लिन पुगेका मन्त्री यादवले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) तथा खानेपानी तथा ढल व्यवस्थापन विभागका अधिकारीहरुलाई उक्त निर्देशन दिए । 
उनले बाढी पहिरोका कारण गोदावरी नगरपालिका स्थित चापागाउँ क्षेत्रमा अवरुद्ध भएको खानेपानी सेवा आपूर्ति तत्काल सुचारु गर्न कुनै ढिलाइ नगर्नसमेत निर्देशन दिए । उनले भने,'खानेपानी नागरिकको आधारभूत अधिकार हो । संघीय सरकार,स्थानीय सरकार र प्राविधिक निकायबीच समन्वय गर्दै तीन दिनभित्र यहाँको खानेपानी पुनःस्थापना कार्य सुरु गर्नु होला ।'
मन्त्री यादवले सरकार स्थानीय बासिन्दाको समस्या प्रति संवेदनशील रहेको प्रस्ट पार्दै भने,'जनताको समस्या समाधान गर्नु हाम्रो प्राथमिकता हो । म व्यक्तिगत रूपमा यस कार्यको प्रगतिमा अनुगमन गर्नेछु र समस्या समाधान नगरी हिँड्दिनँ ।'उनले भविष्यमा यस्ता विपद्हरू दोहोरिन नदिन दिगो पूर्वाधार र दीर्घकालीन योजनाको खाँचो औँल्याउँदै भने,'अबको समय संकट समाधान मात्र होइन। दीर्घकालीन सुधारको हो । हामी छिटो प्रतिक्रिया दिन सक्ने प्रणाली विकास गर्दैछौं ।' 
'तपाईँहरूको सहकार्य बिना पुनःस्थापनाको प्रयास सफल हुँदैन । म विश्वास दिलाउन चाहन्छु कि पानी सेवा छिट्टै पुन:सञ्चालनमा आउँछ । यस्ता विपद्हरूमा अझ तयारीका साथ सामना गर्न हामी सक्षम हुँदैछौं,'उनले भने ।  गत असोज ११ गतेदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोका कारण क्षति पुर्‍याएको नल्लु,बासुकी र देवकी मुहान क्षेत्रको जानकारी लिएर फर्किएका थिए । 
मन्त्री यादवले पानी सुचारुका लागि अविलम्ब सबै प्रक्रिया पूरा गरी पुनःस्थापना र पुन:निर्माण कार्य सुरु गर्न निर्देशन दिएसँगै अहिले आफूहरूको प्राविधिक टोलीसहित बाढीले भत्काएको मुहानको पुनःस्थापना र पुन:निर्माणका लागि फिल्डमा खटिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी निर्देशक (सिइओ)अशोक पौडेलले जनकारी दिए । 'मन्त्रीज्युको निर्देशनपछि अहिले हाम्रो प्राविधिकसहितको टोली फिल्डमा खटिएको छ ।  हामी जतिसक्दो चाँडो क्षतिको इष्टिमेट तयार गरी भत्काएको मुहानको पुनःस्थापना र पुन:निर्माणको काम थाल्ने छौं,'उनले भने ।


Facebook Comments