हेटौंडा बजारको सडक सीमाभित्र बनेका संरचना खाली गर्न १५ दिने अल्टिमेटम
मेयरसाप डेस्क
|
२०८२ मंसिर ५ गते २१:०५
मकवानपुर । सरकारले हेटौंडा बजार क्षेत्रको सडक सीमा खाली गराउन १५ दिनको अल्टिमेटमसहित सूचना निकालेको छ । सडक डिभिजन कार्यालय हेटौंडाले आज शुक्रबार सार्वजनिक सूचना जारी गर्दै हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथ सडकको दायाँबायाँ २५–२५ मिटरमा बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा, संरचना हटाउन अल्टिमेटम दिएको हो ।
बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ, हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, उपमहानगरपालिकाका वडा अध्यक्षलगायतको छलफलपछि सडक सीमा खाली गराउने प्रक्रिया अगाडि बढेको हो। सडक डिभिजनले यसअघि पटक–पटक सूचना निकाले पनि सडक विस्तार कार्य अगाडि बढ्न सकेको छैन ।

Facebook Comments