सरकारको लिखित प्रतिबद्धतापछि यादव सिंहले तोडे अनशन
मेयरसाप डेस्क
|
२०८२ मंसिर ५ गते २१:५२
काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाही लगायत ४ बुँदे माग राख्दै माइतीघर मण्डलामा कात्तिक २५ गतेदेखि आमरण अनशनमा बसेका २७ वर्षीय यादव सिंहले १०औं दिनमा अनशन तोडेका छन् ।
प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले मागहरू पूरा गर्ने लिखित प्रतिबद्धता जनाएपछि सिंहले अनशन समाप्त गरेका हुन् ।
गृह मन्त्रालयको उपसचिव रवीन्द्र आचार्य र स्वकीय सचिव धिरज जोशीले सरकारी प्रतिबद्धता पत्र लिएर आएपछि सिंहले देशको वर्तमान अवस्थालाई मध्यनजर गर्दै अनशन तोडेको बताएका छन् ।
सिंहको मागमा जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेहरूको माग पूरा गर्नुपर्ने विषय पनि समावेश थियो ।

Facebook Comments