कम्बोडियामा रात्री बस दुर्घटना, १६ जनाको मृ*त्यु
मेयरसाप डेस्क
|
२०८२ मंसिर ५ गते १८:५४
एजेन्सी । कम्बोडियाको प्रमुख पर्यटकीय सहर सिम रिपबाट राजधानी नोम पेन्हतर्फ गइरहेको एक यात्रु बस बिहीबार बिहान मध्य प्रान्त कम्पोङ थोमस्थित पुलबाट नदीमा खस्दा कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । दुर्घटनामा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
क्षेत्रका उप प्रहरी प्रमुख सिभ सोभान्नाले बिहीबार राति उद्धारकार्य सकिएपछि मृतकको सङ्ख्या प्रारम्भिक १३ बाट बढेर १६ पुगेको बताए । बसमा करिब ४० जनाजति यात्रु सवार रहेको अनुमान गरिएको छ र सबैजना कम्बोडियाली नागरिक भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।
सोभान्नाका अनुसार प्रारम्भिक अनुसन्धानले बसका चालक रात्रि समयमा सिम रिपबाट यात्रा थालेपछि निदाएर नियन्त्रण गुमाएको आशङ्का गरिएको छ । करिब साढे पाँच घण्टाको नियमित यात्रामा यस्तो घटना हुनु अत्यन्तै दुर्भाग्यपूर्ण रहेको उनले बताए । मृतकमध्ये चालक पनि समावेश छन् कि छैनन् भन्ने विषय खुलेको छैन ।
कम्बोडियामा सडक दुर्घटना मुलुककै गम्भीर समस्या मानिन्छ । सार्वजनिक निर्माण तथा यातायात मन्त्रालयका तथ्याङ्कअनुसार सन् २०२४ मा ट्राफिक दुर्घटनामा एक हजार ५०९ जनाले ज्यान गुमाएका थिए भने सन् २०२५ को पहिलो ९ महिनामै एक हजार ६२ जनाको मृत्यु भइसकेको छ ।
Facebook Comments