पाकिस्तानको रासायनिक कारखानामा विस्फोट, १२ जनाको मृ*त्यु
मेयरसाप डेस्क
|
२०८२ मंसिर ५ गते ०५:५७
एजेन्सी । पाकिस्तानको पन्जाब प्रान्तको फैसलावाद सहरमा एउटा रासायनिक कारखानामा ठुलो दुर्घटना भएको छ । नोभेम्बर २१ मा सहरको मलिकपुर क्षेत्रमा रहेको एक रासायनिक कारखानामा ग्यास विस्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।
विस्फोट बिहान सबेरै भएको थियो । विस्फोटका कारण कारखानामा आगो लागेको र भत्किएको बताइएको छ । विस्फोटले नजिकैका केही घरहरूलाई पनि क्षति पुर्याएको छ ।
मृतकमध्ये अधिकांश कारखानामा काम गर्ने कामदार छन् । सुरुमा मृत्यु हुनेको सङ्ख्या ४ देखि १० जनाको बिचमा रहेको बताइएको थियो । तर अब यो बढेर १५ जनामा पुगेको छ ।
कयौँ कामदार गम्भीर घाइते भएकोले मृत्यु हुनेको सङ्ख्या अझै बढ्ने आशङ्का गरिएको छ । घाइते १० जनाको अस्पतालमा उपचारका लागि लगिएको र यीमध्ये ३ जनालाई प्राथमिक उपचार पछि डिस्चार्ज गरिएको बताइएको छ ।
Facebook Comments