‘नेपाल विशेष सेवा ऐन’ संशोधन अध्यादेश जारी

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ५ गते ०४:४८
Image of https://mayorsap.com/storage/photos/shares/rasta.jpg

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन् ।

राष्ट्रपति कार्यालयले आज (शुक्रबार) नेपाल विशेष सेवा ऐन दोस्रो संशोधन अध्यादेश, २०८२ जारी भएको जानकारी दिएको छ ।

सो अध्यादेश जारी गर्नका लागि गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो ।

सोही सिफारिसबमोजिम राष्ट्रपतिले अध्यादेश जारी गरेका हुन् ।


Facebook Comments