प्रदेश प्रमुख खापुङसमक्ष मधेसी आयोगकाे वार्षिक प्रतिवेदन पेस

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ५ गते १९:०१
Image of https://mayorsap.com/storage/photos/shares/img-1008.JPG

मोरङ । मधेसी आयोगले कोशी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आज आफ्नो सातौँ वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका सदस्य रेणुदेवी साहले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा प्रमुख खापुङ समक्ष सो प्रतिवेदन पेस गरेकी हुन् ।

नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन बुझाइएको हो ।

प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै मधेसी जनताको हकहित, संरक्षण, प्रवद्र्धन र सुरक्षा एवं सो समुदायमा देखिएको समस्या समाधान गर्न आयोगले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

आयोगले सरकारी सेवामा मधेसीहरूको प्रतिनिधित्व वृद्धि गर्न आवश्यक प्रशिक्षण कार्यक्रम गरेकामा उनले खुसी व्यक्त गरे ।

प्रमुख खापुङले हिमाल, तराई, पहाडमा बसोबास गर्ने नेपाली जनताबीच एकता कायम गरी राष्ट्रियता संवद्र्धन गरी राष्ट्रिय एकता बलियो बनाउन आयोगले गरेको कार्यप्रति प्रशंसा व्यक्त गरे ।

आयोगकी सदस्य साहले आयोगमा उक्त वर्ष ३७ वटा उजुरी प्राप्त भएको सो उजुरीउपर सम्बन्धित निकायमा उजरीकर्ताबीच छलफल गरी पीडितलाई सहजता प्रदान गरेको जानकारी गराइन् ।


Facebook Comments