चितवनमा बसको ठ*क्करबाट पैदलयात्रीको मृ*त्यु

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ६ गते २३:२०
Image of https://mayorsap.com/storage/photos/shares/68c7d9dc3c646.jpg

चितवन । बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान माडी नगरपालिका–१ गर्दीमा बा प्र ०३–००१ ख २८८७ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करबाट माडी नगरपालिका–१ सेरुवाका अन्दाजी ६२ वर्षीय फिरल महतोको घटनास्थलमा नै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पैदलयात्रीलाई ठक्कर दिएसँगै बस अनियन्त्रित भई खेतमा खस्दा बसमा सवार दुई जना घाइते भएका छन् । घाइते दुवै जनाको बघौडा अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको उहाँले जानकारी दिनुभयो । बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 


Facebook Comments