बागमती नदी सफा भए मात्र सहर सफा हुन्छ : मन्त्री घिसिङ

ढल र फोहोर तत्काल हटाइने

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ६ गते ०४:५१
Image of https://mayorsap.com/storage/photos/shares/aaaaaa.jpg

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले बागमती करिडोलाई सुन्दर बनाउन ढल व्यवस्थापनमा जोड दिएका छन् । 

आज बिहान बागमती नदी करिडोरअन्तर्गत गुह्येश्वरी–गोकर्ण खण्डमा पर्ने गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा क्षेत्रको अनुगमन गरेपछि उनले बागमती  करिडोर क्षेत्रको ढल व्यवस्थापन, सडक स्तरोन्नति र सरसफाइमा जोड दिएका हुन् । 

मन्त्री घिसिङले नदी सफा भए मात्र सहर सफा हुने भन्दै बागमतीलाई सफा बनाउन ढल व्यवस्थापन, करिडोरका सडक मर्मत र नदीमा फालिएको फोहोर प्राथमिकताका साथ हटाइने बताए । 

नदीको सबै फोहोर हटाएर त्यसको चेक बाँधलाई सञ्चालन, सो स्थानमा साना तलाउ बनाएर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने गरी काम भइरहेको मन्त्री घिसिङले जानकारी दिनुभएको उनको निजी सचिवालयले जनाएको छ ।


Facebook Comments