बाराका प्रहरी प्रमुख तामाङ हेडक्वार्टर तानिए
मेयरसाप डेस्क
|
२०८२ मंसिर ६ गते ०५:५६
काठमाडौं । बारामा पछिल्लो समय उत्पन्न घटनाक्रमपछि जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी हेरफेर गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख एसपी सन्तोष तामाङलाई शुक्रबार नै सरुवा गरी प्रहरी हेडक्वार्टर तानिएको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अविनारायण काफ्लेले जानकारी दिए ।
तामाङको स्थानमा मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसपी नरेन्द्र कुँवरलाई पठाइएको छ ।
यसैगरी, धादिङका प्रहरी प्रमुख एसपी भेषराज रिजालको पनि सरुवा भएको छ । उनलाई मधेस प्रदेश प्रहरी कार्यालय पठाइएको छ, भने उनको स्थानमा सुमित खड्कालाई पठाइएको छ ।
Facebook Comments