आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ८ गते १७:३०
Image of https://mayorsap.com/storage/photos/shares/gold-1-1-1738302751.jpg

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुन १ हजार ९ सय रुपैयाँले घटेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख ४४ हजार ६ सयमा कारोबार भइरहेको सुन आज २ लाख ४२ हजार ७ सयमा कारोबार भइरहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा २० रूपैयाँले घटेर चाँदी ३ हजार १ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।


Facebook Comments