इलाम पुगेर विश्वप्रकाशको प्रश्नः विपद्मा नभेटिएको सरकार भेटिने कहिले हो ?
बाढी पहिरोबाट प्रभावितलाई राहत, उद्दार र पुनःस्थापनाको गति अभिलम्ब बढाउन माग
मेयरसाप डेस्क
|
२०८२ मंसिर ८ गते १९:०६
काठमाडौं । नेपाली कांंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इलामको विपद्मा नभेटिएको सरकार भेटिने कहिले हो भन्दै प्रश्न गरेका छन् ।
सोमबार इलाम पुगेर उनले सरकार भनेको व्यक्ति नभई संस्था भएको भन्दै इलामको प्रत्येक बाढी पहिरोबाट प्रभावितलाई राहत, उद्दार र पुनःस्थापनाको गति अभिलम्ब बढाउन माग गरे ।
उनले भने, ‘सरकार भनेको व्यक्ति होइन्, संस्था हो । त्यसैले प्रधानमन्त्रीले अभिलम्ब पहल गरेर इलामको प्रत्येक बाढी पहिरोबाट प्रभावित हुनेहरुलाई राहत दिन उद्दार पुनःस्थापना कामको गति बढाउन आग्रह गर्न चाहन्छु । यसमा हामी सबैले ऐक्यबद्धता जनाउँछौं तर केन्द्रीय सरकारको भूमिका खोज्न आवश्यक छ । इलाम आएर म केन्द्रीय सरकार खोज्न चाहिरहेको छु । इलामको विपद्मा नभेटिएको सरकार भेटिने कहिले हो ?’
त्यस्तै उनले सरकार चाहे जसको भएतापनि हरेक संकटमा सरकार छ भन्ने अनुभूति दिलाउन सक्नुपर्ने धारणार राखे ।
Facebook Comments