एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

दुवै टोलीलाई प्लेअफ पुग्न आजको खेल महत्त्वपूर्ण

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ९ गते १८:३०
Image of https://mayorsap.com/storage/photos/shares/npl-logo_1.jpg

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ । उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ बजे सुरु हुनेछ ।

करण केसीको कप्तानीमा रहेको काठमाडौंले तीन खेल खेलेको छ । यसका दुई हार र एक खेलमा जित निकालेको थियो । काठमाडौं दुई अंकसहित तेस्रो स्थानमा छ । 

रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अंकसहित चौथो स्थानमा छ । दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ ।  


Facebook Comments