आज ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ९ गते २१:२९
Image of https://mayorsap.com/storage/photos/shares/gold-1-1-1738302751.jpg

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारमा सुनको भाउ निरन्तर उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य पाँच हजार २०० रुपैयाँले बढेर रु दुई लाख ४७ हजार ९ सय कायम भएको छ । हिजो  सुनको मूल्य प्रति तोला रु दुई लाख ४२ हजार ७०० कायम भएको थियो । 

आज चाँदीको मोल पनि ८५ रुपैयाँले बढेर तोलामा रु तीन हजार २०० कायम भएको छ । सोमबार एक तोला चाँदी रु तीन हजार ११५ मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १४१ र त्यति नै चाँदै ५१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


Facebook Comments