आफूखुसी गैरहाजिर भएका २७ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन
मेयरसाप डेस्क
|
२०८२ मंसिर १० गते १९:१३
काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा गैरहाजिर भएका २७ प्रहरी कर्मचारीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन दिएको छ ।उनीहरुको नाम, ठेगाना, गैरहाजिर भएको मिति लगायतको विवरण सार्वजनिक गर्दै बाटोको म्याद बाहेक सात दिनभित्र हाजिर हुन प्रधान कार्यालयले निर्देशन दिएको हो ।
गैरहाजिर भएकाहरुमा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हबल्दार २ जना, सहायक हबल्दार ३ जना, प्रहरी जवान २० जना र कार्यालय सहयोगी १ जना छन् ।
कार्यालयमा उपस्थित हुँदा गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण नबुझाए कानुनबमोजिम कारबाही हुने कार्यालयले चेतावनी दिइएको छ । गैरहाजिर हुनेमा दुई जना बाहेक अरु सबै जेनजी आन्दोलनपछि कार्यालयको सम्पर्कमा नरहेको देखिन्छ ।

Facebook Comments