वृन्दावनमा महिलाको ह*त्या : श्रीमान् साउदीमा, परिवारका सबै सदस्य फरार
भुस्साले छोपिएको अवस्थामा शव बरामद
No Author Assigned | २०८२ मंसिर ११ गते १४:१३
रौतहट । रौतहटको वृन्दावन नगरपालिका–९, भुसाहामा महमद शेख आदिलकी २५ वर्षीया श्रीमती तरिमा खातुनको हत्यापछि गाडिएको अवस्थामा प्रहरीले शव बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार, सोमबार राति नै हत्या भएको अनुमान गरिएको खातुनको शव घरको पछाडिपट्टि भुस्सा राख्ने ठाउँमा खाडल खनेर बोरामा हालेर पुरिएको अवस्थामा फेला परेको थियो ।
मृतकको टाउको र खुट्टामा गहिरो चोट देखिएको छ र प्रहरीले घटनास्थलबाट एउटा चक्कुसमेत बरामद गरेको छ ।
खातुनका पति साउदी अरबमा रहेको बेला भएको यो हत्या घरायसी विवाद र यौन सम्बन्धको विषयसँग जोडिएको प्रारम्भिक अनुसन्धानले देखाएको डीएसपी बस्यालले बताए ।
खातुनका ससुरा शेख अलि मोहम्मदसहित परिवारका ८–९ जना सदस्य र डेढ वर्षीय छोरा मोहम्मद आरिफसमेत घटना लगत्तै फरार भएका छन् ।
शव पोस्टमार्टमका लागि चन्द्रनिगाहपुर अस्पतालमा पठाइएको छ, भने फरार व्यक्तिहरूको खोजी र घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments