प्रतिनिधि सभा पुनर्स्थापनाको रिट निवेदन सर्वोच्चमा दर्ता
मंसिर १७ गतेलाई तोकियो पेशी
मेयरसाप डेस्क
|
२०८२ मंसिर १० गते १८:५७
काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै त्यसको पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ ।
एमालेका नेताद्वय महेश बर्तौला र सुनिता बरालले हिजो (मङ्गलवार) सर्वोच्च अदालतमा उक्त निवेदन पेस गरेका थिए ।
सर्वोच्च अदालत प्रशासनले रिट दर्ता भएको पुष्टि गर्दै मंसिर १७ गतेका लागि पेशी तोकिएको जानकारी दिएको छ ।
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि एमाले अध्यक्ष केपी शर्मा ओली सरकार छाड्न बाध्य भएका थिए ।
ओलीको राजीनामापछि राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्कीलाई नियुक्त भएकी थिइन् ।
कार्कीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा भङ्ग गरेका थिए । त्यसयता एमालेले प्रतिनिधि सभा विघटनको कदमलाई असंवैधानिक बताउँदै आएको छ ।
Facebook Comments