त्रिविका सह–परीक्षा नियन्त्रकसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

उपाधि नपाउँदै थप अंक लिएको आरोप

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १० गते १८:०४
Image of https://mayorsap.com/storage/photos/shares/akhtiyar_4.jpg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयमा झुटो विद्यावारिधि (पिएचडी) उपाधिको दाबी गरी सह–परीक्षा नियन्त्रक नियुक्त भएको आरोपमा एक सहप्राध्यापक र छनौट समितिका तीन प्राध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सह–परीक्षा नियन्त्रक, जसले उपाधि नपाउँदै आफूलाई ‘डा’ भनी झुटो विवरण तथा प्रमाणपत्र पेस गरेका थिए । उनले गत माघ २९ गते मात्रै उपाधि पाएको खुलेको छ ।

छनौट समितिमा संयोजक प्रा.डा. जया लक्ष्मी प्रधान र सदस्यहरू प्रा.डा. मोतिलाल शर्मा तथा प्रा.डा. मेधराज पोखरेल रहेका छन् ।

प्रसाईंले पदको लाभ लिनका लागि नपाएको ओहोदाको दाबी गरेको र छनौट समितिले उक्त झुटो विवरणलाई स्वीकार गरी नियुक्ति दिएको आरोप अख्तियारको छ ।

त्रिविले पूर्वाञ्चल, विराटनगरका लागि सह–परीक्षा नियन्त्रक पदको विज्ञापन गर्दा ६ जनाको आवेदन परेको थियो । विद्यावारिधि गर्ने प्रतिस्पर्धीले अरूको तुलनामा थप ८ अंक पाउने व्यवस्था थियो ।


Facebook Comments