गोदावरी नगरपालिकामा आजदेखि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु
नगरप्रमुख वीरेन्द्र भट्टले गरे उद्घाटन
मेयरसाप डेस्क
|
२०८२ मंसिर १६ गते १४:५६
कैलाली । कैलालीको गोदावरी नगरपालिकामा आजदेखि १६ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । मंगलबार गोदावरी नगरपालिका–२ मा रहेको दुर्गालक्ष्मी नमुना माविमा प्रतियोगिताको नगरप्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले सौहार्दपूर्ण वातावरणमा प्रतियोगिता सञ्चालन गर्नका लागि आग्रह गरे । उनले प्रतियोगिताका दौरान आवश्यक सहयोगका लागि नगरपालिका तत्पर रहेको समेत बताए ।
प्रतियोगितामा गोदावरी नगरपालिकाका २२ वटा सामुदायिक र २१ वटा संस्थागत विद्यालय सहभागी रहेका छन् ।
प्रतियोगिता मंसिर १८ गते सम्म सञ्चालन हुने छ । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, दौड, उफ्रने र फ्याँक्ने (हाई जम्प, लङ जम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो), मार्सल आर्ट (कराँते, तेक्वान्दो, उसु) खेल हुनेछन् ।
Facebook Comments