बाजुराको मार्तडीमा आगलागी, करोडौंको क्षति

User Image मेयरसाप डेस्क | २०८२ मंसिर १६ गते १५:४९
Image of https://mayorsap.com/storage/photos/shares/martadi.PNG

बाजुरा । जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ । आगलागीबाट करोडौं रुपैयाँ बराबरकाे क्षति भएको छ । 

बडीमालिका नगरपालिका–८ का प्रकाश थापाको पसलमा विद्युतको तार ‘सट’ हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए । पसलमा काठको काम भइरहेको बेला तार सट भएर एक्कासि आगलागी भएको हो ।  

आगलागीबाट बडीमालिका–८ तल्लो जिउलामा सञ्चालनमा रहेको फर्निचर उद्योग, गाडीको ग्यारेजसहितमा सामान जलेर नष्ट भएका छन् । सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो निभाइएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए। क्षतिको विवरण यकिन हुन नसकेको उनले बताए। 


Facebook Comments