वीरगञ्जबाट १० केजी चरेससहित एक जना पक्राउ
मेयरसाप डेस्क
|
२०८२ मंसिर १६ गते २१:१७
रौतहट । पर्सा प्रहरीले लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा न.१५ प्रतिमा चोकको सडकमा मंगलबार बिहान पैदल हिँड्दै गरेको अवस्थामा प्रहरीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीगाउँ घर भएका ४८ वर्षीय सम्सुल मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।
उनका अनुसार मियाँले बोकेको कालो रंगको प्लास्टिकको झोलाबाट लागुऔषध चरेस १० केजी बरामद भएको छ ।
चरेससहित पक्राउ गरिएका मियाँलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
Facebook Comments