हतुवागढीको एम्बुलेन्स दुर्घटना अपडेटः घाइते दुबैलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो
मेयरसाप डेस्क
|
२०८२ मंसिर १६ गते २०:४२
भोजपुर । हतुवागढी गाउँपालिका–६ होम्ताङमा आज भएको एम्बुलेन्स दुर्घटनाका घाइते दुबै जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।
दुर्घटनामा सवारी चालक सोही वडाका सञ्जीव राई र गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते भएका थिए । प्रदेश १–०२–००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको एम्बुलेन्स बिरामीलाई होम्ताङ पुर्याएर घोडेटार फर्किने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय घोडेटारले जनाएको छ ।
घाइतेलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए।
Facebook Comments