बुढीनन्दाको छैटौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि जनप्रकाश माविलाई
गोविन्द तिमिल्सेना
|
२०८२ मंसिर १९ गते ११:०४
बाजुरा । बुढीनन्दा नगरपालिकामा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजित नगरस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनप्रकाश माध्यमिक विद्यालयले जितेको छ ।
मंसिर १६ देखि १८ गतेसम्म सञ्चालित यस प्रतियोगितामा जनप्रकाश माध्यमिक विद्यालयले १२ स्वर्ण, ८ रजत र ४ कास्य सहित उपाधि हात पारेको हो ।
बाँधूँ माध्यमिक विद्यालय ८ स्वर्णसहित द्वितीय र देवडाँडा माध्यमिक विद्यालय ६ स्वर्णसहित तृतीय भए । प्रतियोगितामा नगरभित्रका ५ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।
विजयी टोलीलाई नगर प्रमुख जनक कुमार बोहराले शिल्ड हस्तान्तरण गरेका हुन् । उनले बुढीनन्दालाई खेल क्षेत्रबाटै अघि बढाउन र आगामी जिल्ला स्तरीय प्रतियोगितामा प्रथम स्थान ल्याउने गरी तयारी गर्न पालिका प्रतिबद्ध रहेको बताए ।
Facebook Comments