कालीगण्डकी नदी कटान नियन्त्रण आयोजना सुरु
मेयरसाप डेस्क
|
२०८२ मंसिर १९ गते ११:१६
म्याग्दी । बेनी नगरपालिका–८ कालीपुल र पर्वतको जलजला गाउँपालिकाको सिमाना भएर बग्ने कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि आयोजना निर्माण सुरु भएको छ ।
गण्डकी प्रदेश जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना कार्यालयले रु दुई करोड ९८ लाख को लागतमा यो आयोजना निर्माण थालेको हो ।
आयोजनाका इन्जिनियर नरजङ गुरुङका अनुसार, नदी किनारमा ८० मिटर लामो ’कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण गरिनेछ । यसमा भुइँमा कङ्क्रिट र त्यसउपर ग्याबिन पर्खाल बनाइनेछ ।
यो आयोजना पूरा भएपछि कालीगण्डकी नदीको कटानबाट कालीपुल क्षेत्रको बस्ती सुरक्षित हुने गुरुङको भनाइ छ ।
Facebook Comments