सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको बढ्यो

User Image मेयरसाप डेस्क | २०८२ मंसिर २१ गते ११:३०
Image of https://mayorsap.com/storage/photos/shares/gold-sun-chadi.jpg

काठमाडौं । शुक्रबारको तुलनामा आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ, भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज एक तोला सुनको मूल्य दुई लाख ५२ हजार २०० कायम भएको छ । शुक्रबार सुनको मूल्य २ लाख ५२ हजार ४०० थियो ।

एक तोला चाँदीको मोल आज तीन हजार ६०५ निर्धारण भएको छ । शुक्रबार चाँदी ३ हजार ५५५ मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा भने आज एक औंस सुन ४४,१९८ र त्यति नै परिमाणको चाँदी ४५८ मा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।


Facebook Comments