कार्की नेतृत्वको जाँचबुझ आयोगविरुद्धको रिट खारेज

छानबिन अघि बढाउन बाटो खुला

User Image मेयरसाप डेस्क | २०८२ पुष ११ गते १५:४४
Image of https://mayorsap.com/storage/photos/shares/gauri-bahadur-karki.jfif

काठमाडौं । सर्वोच्च अदालतले भदौ २३ र २४ गतेका घटनाको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगविरुद्ध परेको रिट खारेज गरेको छ ।

शुक्रबार न्यायाधीशहरू मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेल सम्मिलित पूर्ण इजलासले उक्त आदेश दिएको हो ।

अधिवक्ता विपिन ढकालले आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको निष्पक्षतामाथि प्रश्न उठाउँदै रिट दायर गरेका थिए । कार्कीको पूर्व अभिव्यक्तिले छानबिन प्रभावित हुन सक्ने भन्दै आयोगका पदाधिकारी परिवर्तनको माग गरिएको थियो ।

रिट खारेज गरेसँगै सर्वोच्चले आयोगका कामकारबाहीका सम्बन्धमा केही निर्देशनात्मक आदेशसमेत जारी गरेको छ । यसअघि कात्तिक ९ गते संयुक्त इजलासले सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको थियो ।

सर्वोच्चको यो फैसलासँगै अब आयोगलाई आफ्ना छानबिनका कामहरू निर्बाध रूपमा अघि बढाउने कानुनी बाटो खुलेको छ ।


Facebook Comments