पालिका अध्यक्ष छोडेर प्रतिनिधिसभाको निर्वाचन लड्दै असिम राई
नेकपाले सोलुखुम्बुमा युवा नेता राईलाई बनायो उमेद्वार
मेयरसाप डेस्क
|
२०८२ माघ ५ गते १५:१८
सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई प्रतिनिधिसभाको निर्वाचन लड्ने भएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राईलाई टिकट दिएको हो ।
राई ऊर्जावान् युवा नेताका रूपमा परिचित छन् । सोलुखुम्बुमा उनको प्रतिस्पर्धा नेकपा एमालेकी उम्मेदवार कल्पना राईसँग हुने भएको छ । यी दुवै प्रतिस्पर्धीहरू एकै पालिकाका हुन् ।
सोलुखुम्बु एउटा मात्रै निर्वाचन क्षेत्र भएको जिल्ला हो । सोलुखुम्बुबाट अघिल्लो चुनावमा एमालेका मानवीर राईले जितेका थिए ।
Facebook Comments