इलाम–१ बाट निर्वाचन लड्दै सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई
प्रतिनिधिसभा निर्वाचनमा राईले एमालेका काजीमान कागतेसँग प्रतिस्पर्धा गर्ने
मेयरसाप डेस्क
|
२०८२ माघ ५ गते १५:०८
इलाम। इलामको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन् । राई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट इलाम क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने भएका हुन् ।
२०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट मेयर जितेका राई पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीतिर लागेका थिए । २०७९ को निर्वाचनमा उनले नेपाली कांग्रेस र माओवादीसँगको गठबन्धनबाट पुनः मेयर पदमा जित हासिल गरेका थिए ।
यस पटकको प्रतिनिधिसभा निर्वाचनमा राईले एमालेका काजीमान कागतेसँग प्रतिस्पर्धा गर्नेछन् । यसअघिको स्थानीय तहको निर्वाचनमा पनि राई र कागतेबीच नै प्रतिस्पर्धा भएको थियो ।
Facebook Comments