कुकुरको पूजा गरेर मनाइयो कुकुर तिहार(तस्बिरहरु)
मेयरसाप डेस्क
|
२०८३ कात्तिक २२ गते १६:०७
तिहारको दोस्रो दिन आज कुकुर तिहार कुकुरको पूजा गरेर मनाइएको छ। यस अवसरमा विभिन्न स्थानमा कुकुरलाई फूलमाला लगाइदिने, निधारमा टीका लगाउने र मिठा परिकार खुवाएर पूजा गरिएको छ।
हिन्दू धर्मशास्त्रअनुसार कुकुरलाई यमराजको दूत तथा रक्षकका रूपमा लिने गरिन्छ। कुकुर तिहारका अवसरमा घरपालुवा कुकुरसँगै सडकमा रहेका कुकुरको समेत पूजा गरिएको छ।



Facebook Comments