दुर्गा प्रसाईं पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ माघ ५ गते १६:४७
Image of https://mayorsap.com/storage/photos/shares/durga_prasain.jpg

काठमाडौं । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रहरीले प्रसाईँलाई पोखराबाट पक्राउ गरेको हो ।

प्रसाईँले कांग्रेसको विशेष महाधिवेश पक्षले निर्वाचन आयोगलाई ५२ करोड बुझाएर नतिजा आफ्नो पक्षमा पारेको भन्दै एक भिडियो सार्वजनिक गरेका थिए । यही विषयमा प्रसाईंलाई अनुसन्धान गर्न भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्यूरो र जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो ।

प्रसाईंमाथि निर्वाचन कसुर सम्बन्धी कसुर र मुलुकी फौजदारी संहिता अन्तर्गतको कसुरमा कारबाही हुनुपर्ने माग राखिएको छ ।


Facebook Comments