रविको विश्वास–बालेनले देश बनाउने छ, हामीमाथि भएका सबै अन्यायको हिसाब लिनेछ

'मलाई त्यही दिन विश्वास भएको थियो बालेनले देश बनाउँछ'

User Image मेयरसाप डेस्क | २०८२ माघ ५ गते १७:०२
Image of https://mayorsap.com/storage/photos/shares/rabi-lamichhane-speaking.jpg

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूले बालेनलाई भेटेको पाँच मिनेटमै देश बनाउने मानिस भेटेको महशुस भएको दाबी गरेका छन् ।  रास्वपाले जनकपुरधाममा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै लामिछानेले बालेनले देश बनाउने दाबी गरे ।

उनले भने, ‘बालेनसँग भेट भएको पाँच मिनेटमै थाहा थियो हामी सँगै हिँड्न सक्छौं । वार्ता पाँच मिनेटमै सकिएको हो, बाँकी समय त एकअर्कालाई चिन्नमा खर्च गरेका थियौं । मलाई त्यही दिन विश्वास भएको थियो बालेनले देश बनाउँछ ।’

लामिछानेले अब आफू जेल नै जानु परे पनि कुनै चिन्ता नलागेको पनि बताए । उनले भने, ‘बच्चालाई टाउको र छातीमा गोली ठोकेर हेलिकोप्टमार भागेको सरकारले मलाई मुद्दैमुद्दा लगाएको छ । म जेल जान पनि सक्छु । तर मलाई अब चिन्ता छैन । किनभने, हामीसँग बालेन छ । यो देश बनाउन बालेन आएको छ । बालेनले हामीमाथि भएका सबै अन्यायको हिसाब लिनेछ ।’


Facebook Comments