निर्वाचनसम्बन्धी जिज्ञासा मेट्न ‘कल सेन्टर’ सञ्चालन
एकै पटक १५ वटा कल रिसिभ गर्न सकिने
मेयरसाप डेस्क
|
२०८२ माघ ७ गते १४:०५
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले ‘कल सेन्टर’ सञ्चालनमा ल्याएको छ ।
कान्तिपथस्थित आयोगको कार्यालयमा स्थापना गरिएको यस केन्द्रमार्फत मतदाता, नागरिक र सरोकारवालाका निर्वाचनसम्बन्धी जिज्ञासा र गुनासोहरूको सुनुवाइ गरिनेछ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कल सेन्टरमा ६ वटा डेस्कको व्यवस्था गरिएको छ, जुन दैनिक बिहान ९ः०० बजेदेखि साँझ ६ः०० बजेसम्म खुला रहनेछ । नागरिकले निःशुल्क टोल–फ्री नम्बर ११०२ मा फोन गरेर आफ्नो जिज्ञासा राख्न सक्नेछन् ।
एकै पटक १५ जनासम्मले फोन गर्दा पनि कल ‘होल्ड’ नपर्ने गरी प्रविधिको व्यवस्था मिलाइएको आयोगले जनाएको छ । निर्वाचनलाई पारदर्शी र सूचनामैत्री बनाउन आयोगले यो कदम चालेको हो ।
Facebook Comments