भ्रष्टाचार प्रकरणमा संगिता मिश्रसँग ५ लाख धरौटी माग

म्यामोग्राफी भ्रष्टाचार काण्ड

User Image मेयरसाप डेस्क | २०८२ माघ ७ गते १७:४९
Image of https://mayorsap.com/storage/photos/shares/dr-sangeeta-mishra-6pm88yihsl2025-10-19-12-47-47.jpeg

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता मिश्रसँग विशेष अदालतले ५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

बुधबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले भ्रष्टाचार मुद्दामा सुनुवाइ गर्दै उक्त धरौटी रकम माग गर्ने आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत कात्तिक २ गते म्यामोग्राफी मेसिन खरिदमा करिब १४ करोड ६ लाख ८५ हजार रुपैयाँ अनियमितता गरेको अभियोगमा मिश्रसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

झुट्टा बिल–बिजक र गलत प्रतिवेदनका आधारमा राज्यलाई ठुलो हानि पु¥याएको अख्तियारको दाबी छ । यस प्रकरणमा स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. कौशल मिश्र, डा. श्रवणकुमार थापा र डा. सुरेन्द्रप्रसाद चौरसिया लगायतका उच्च अधिकारीहरू प्रतिवादी छन् ।

राजीनामा दिनुअघि स्वास्थ्य सचिवको दौडमा रहेकी डा. मिश्रलाई अन्तरिम सरकारमा स्वास्थ्य मन्त्री बनाउने चर्चा समेत चलेको थियो । तर, भ्रष्टाचार मुद्दा अघि बढेपछि उनी मन्त्री बन्नबाट वञ्चित भएकी थिइन् ।


Facebook Comments