चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोली नेपालमा

जेनजी आन्दोलन र चुनावबारे चासो

User Image मेयरसाप डेस्क | २०८२ माघ ८ गते १२:५२
Image of https://mayorsap.com/storage/photos/shares/chinese-reydepwkjq.png

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला) को नेतृत्वमा एक उच्चस्तरीय टोली नेपाल आइपुगेको छ । 

नेपालस्थित चिनियाँ राजदूतावास स्रोतका अनुसार यो टोली तीन दिनसम्म नेपाल भ्रमणमा रहनेछ । हालैको जेनजी आन्दोलन र विकसित राजनीतिक घटनाक्रमपछि चीनबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

नेपाल मामिलाकी जानकार र नेपाली भाषामा समेत पोख्त रहेकी झेङ नेतृत्वको यो टोलीले नेपालको बदलिँदो राजनीतिक परिस्थिति र आसन्न निर्वाचनका विषयमा विभिन्न पक्षसँग छलफल गर्ने बुझिएको छ ।

यसअघि पनि पटक–पटक नेपाल भ्रमण गरिसकेकी झेङले यसपटक टोलीको नेतृत्व नै गरेर आएकाले यस भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


Facebook Comments