नेप्से ९ अंकले बढ्दा ९ अर्ब ७ करोडको कारोबार
मेयरसाप डेस्क
|
२०८२ माघ ८ गते १६:०२
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ ।
बुधबारको करेक्सनपछि बिहीबार नेप्से ९.२३ अंकले बढेर २,७१४.६१ विन्दुमा पुगेर बन्द भएको हो । नेप्से बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ ।
बिहीबार ३३२ कम्पनीको १ करोड ९० लाख ७५ हजार कित्ता सेयर ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँमा किनबेच भएको छ । अघिल्लो दिन बुधबार करिब ८ अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको थियो ।
आज एसवाई प्यानल, त्रिशूली जलविद्युत्, श्रीनगर एग्रीटेक र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
उपसमूहगत रूपमा हेर्दा १३ मध्ये १० उपसमूहको सूचक बढेको छ, भने ३ वटाको घटेको छ । वित्त (फाइनान्स) उपसमूहको सूचक सबैभन्दा बढी २.३८ प्रतिशतले बढेको छ भने व्यापार उपसमूह १.१५ प्रतिशतले घटेको छ ।
Facebook Comments